अब घरबाटै चल्छ संसद बैठक, ई-पार्लियामेण्ट अघि बढाउने निर्णय

Advertisement

काठमाडौं । अब ई पार्लियामेन्ट सञ्चालनको बाटो खुल्ने भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेर ई पार्लियामेन्ट सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

सभामुख सापकोटाले कोरोना संक्रमणले उत्पन्न गरेको परिस्थितिलाई मध्यनजर गर्दै ई–पार्लियामेण्टको अभ्यास गर्न आवश्यक व्यवस्था यथाशिघ्र मिलाउने र यसका लागि आवश्यक पर्ने सफ्टवेयरहरुको व्यवस्थापनको लागि सचिवालयलाई जिम्मा दिने निर्णय गराएका हुन् ।

यो निर्णय कार्यान्वयन भएपछि सांसदहरुले घरमै बसेर संसद बैठकमा सहभागी हुन पाउनेछन् । बैठकमा सभामुखले आगामी दिनमा प्रतिनिधि सभा र मातहतका निकायहरुलाई प्रभावकारी ढंगले सञ्चालन गर्न विषयगत समितिका माननीय सभापतिहरुको बैठक सञ्चालन गर्ने निर्णय पनि गराएका छन् । प्रकोपसँग सम्बन्धित समितिहरुको बैठक उपयुक्त माध्यम अपनाई गर्न प्रेरित गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement