सभामुखले भने-निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको पैसा कोरोना  उपचारमा लगाऔं

Advertisement

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको पैसा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई दिनुपर्ने बताएका छन् ।

मंगलबार कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेर उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा खर्च नभएर बसेको बाँकी रकम कोरोना कोषमा दिन उपयुक्त हुने धारणा राखेका हुन् ।

यस अघि नै सो कोषको रकम कटौती गरेर कोरोना रोकथाममा खर्च गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement