विदेशबाट फर्किएको एक महिनापछि गोरखाका युवामा कोरोना भेटियो, सनसिटीमा बस्नेको परीक्षण सुरु

Advertisement

काठमाडौं । विदेशबाट फर्किएको एक महिनाभन्दा बढि भइसकेका गोरखा आरुघाटका एक युवामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ ।

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा उनमा पोजिटिभ देखिएको हो । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती युवा बहराइनबाट फर्किएको एक महिनाभन्दा बढि भइसकेको छ । उनी गत फागुन २३ गते नेपाल आएका थिए । उनको स्वाब पुनः परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ ।

आरडीटी किटबाट उनमा कोरोना पोजेटिभ देखिए पनि यसका लक्षणहरु भने नदेखिएको जनाइएको छ । उनीसँगै फर्किएका अन्य युवाको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको समाचार छ ।

त्यसैगरी बेलायतबाट फर्किएर पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै अपार्टमेन्टमा बस्ने अरु सयौंको स्वास्थ्य परीक्षण सुरु भएको छ । कोरोना संक्रमित देखिएसँगै सिल गरिएको उक्त अपार्टमेन्टका बस्दै आएका ९० परिवारको कोरोना परीक्षण गरिएको हो ।

Advertisement

Advertisement

Advertisement