मृत्यु संस्कारमा जाने बाहेक अन्यलाई सवारी पास नदिने जिल्ला प्रशासनको निर्णय

Advertisement

काठमाडौँ । लकडाउनका समयमा सवारी साधन चलाउने पासको अत्याधिक माग भएको र लकडाउन उल्लंघन समेत बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडा कदम चालेको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले आज सूचना प्रकाशित गरी परिवारको सदस्यको मृत्यु संस्कारमा जाने बाहेकका व्यक्तिलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास नहुने जनाएका छन् ।

यसबाट पर्न जाने असुबिधाप्रति प्रशासनले क्षमा मागेको छ ।



 

Advertisement

Advertisement

Advertisement