लकडाउनमा समेत मापसे गरी सवारी चलाउने २१ जना भेटिए, ८४६ पास दुरुपयोग गर्ने

Advertisement

बैशाख । ट्राफिक प्रहरीले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागी लागू भएको लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको जनाएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले त्यस्ता सवारीलाई कडाई गर्न लागेको ट्राफिक प्रहरीको भनाई छ ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधीका लागी भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख भीम ढकालले बताए ।

उनले अत्याबश्यक कामबाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अबस्था हेर्न, पास छ भनेर शान देखाउँदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएको भन्दै ट्राफिक प्रहरी महाशाखाले आफ्नो विज्ञप्तिमा अब त्यस्ता सवारी साधनलाई निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गर्ने जनाएको छ ।

हालसम्म लकडाउन उल्लंघन गर्ने आठ हजार ९७४ सवारी साधन होल्ड तथा एक हजार ८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता जीवन श्रेष्ठले बताए । उनले अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागी सिभिल प्रहरी खटाउनुको साथै सिसिटिभिबाट समेत निग्रानी गरिने बताए ।

लकडाउनको अबधीमा मापसे गरि सवारी चलाउने, तीब्र गतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने ट्राफिक प्रहरीको भनाई छ ।

महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको र अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको जनाएको छ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको बाहेक पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गरिरहेको, तीब्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement