बैशाखपछि 'लकडाउन' अन्त्य गर्नुपर्छः नाडा अध्यक्ष दुलाल

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न/बचाउनका लागि सरकारले चैत ११ गतेदेखी लकडाउन आदेश जारी गरेको छ । यो आदेश बैशाख १५ गतेसम्म यथावत राखिएको छ । सरकारले लकडाउन अझै बढाउन सक्ने आशंका गरिरहँदा नाडा अटोमोवाइल एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले बैशाखपछि लकडाउन अन्त्य गर्नु पर्ने धारण व्यक्त गरेका छन् ।

नाडा अध्यक्ष दुलालले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रतिक्रिया जनाएका हुन् । अध्यक्ष दुलालले फेसबुकमा यस्तो लेखेका छन् :

‘हामी लकडाउनमा छौं, अझै १५ दिन पनी लक डाउन मा बस्छौं ठीक छ । यो अनि राम्रो र सही निर्णय हो । अझै समय र अबस्था हेरेर थप बैशाश अन्तिम सम्मपनि ठीकै होला । त्यसपछी बिस्तारै सेवा र उद्योग खोल्नु पर्छ । सुरक्षा अपनाएर काममा लाग्नु पर्छ, किनकी खान नपाइ बाँच्न गाह्रो हुन्छ । बैशाख ३० पछि लकडाउन पूर्ण रुपमा लागु भएमा देशमा ठूलो विरोध हुन सक्छ । भोको पेट धेरै सहन गर्न सकिदैन । बहुमत मानिसले खान पाउने स्थीति हुँदैन । सम्पूर्ण सरोकारवाला संस्था ब्यक्ती ,सरकार, पार्टी जनमानसमा मेरो ब्यक्तिगत सुझाब छ– अब हामीले बैशाखपछी लकडाउन अन्त गर्नु पर्छ । बरु सुरक्षित हुने अवधारणा लागु गर्नु पर्छ । सरकारलार्इ मेरो अनुरोध कृपया बिचार गर्नु होला ।'

Advertisement

Advertisement

Advertisement