‘दुई खर्बको नोक्सानी भैसक्यो, लकडाउनकै बीच आर्थिक गतिविधि अघि बढाउने सोच बनाएका छौँ’

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनका बीच आर्थिक गतिविधि अघि बढाउने सोच बनाएको बताएका छन् । आज साँझ बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।

कोरोना भाइरसको संक्रमणले अर्को आर्थिक वर्ष झनै चुनौतिपूर्ण हुनेछ– खतिवडाले अन्तरवार्ताका क्रममा भने । संकटकालीन अवस्थामा पनि निजी क्षेत्रका लागि लगानीको बाताबरण अझै राम्रो बनाउने उनले उल्लेख गरे ।

कोरोना भाइरसको कारण अर्थतन्त्रमा २ खर्बको नोक्सानी भएको अनुमान गरेका छौँ, पर्यटन, निर्माण, थोक ब्यापारको बृद्धी दर ऋणात्मक हुन्छ– अर्थमन्त्रीले भने । तरपनि कृषि, शिक्षा र स्वास्थ्यको बृद्धी दर केही राम्रो हुन्छ–उनको भनाई थियो ।

चुनौतीपूर्ण अवस्थालाई सामना गर्न श्रोतको जोहो गर्नु पर्नेछ, यसका लागि दाताहरुलाई सहयोग गर्न भनेका छौँ, आन्तरिक ऋणपनि उठाउनु पर्नेछ–उक्त अन्तरवार्तामा अर्थमन्त्री खतिवडाले भनेका छन् ।

Advertisement

Advertisement

Advertisement