'लकडाउन'ले गर्दा बैंकमा पैसा थुप्रियो, ९० अर्ब अधिक तरलता

Advertisement

काठमाडौं । लकडाउनले अधिकांश व्यवसाय ठप्प भएपछि बैंकहरूमा लगानीयोग्य पैसा (अधिक तरलता) बढ्न थालेको छ। नियमअनुसार बैंकहरूको कुल निक्षेपको २० प्रतिशत रकम अनिवार्य तरलता कायम गर्नुपर्ने हुन्छ। त्यसबाहेक बैंकसँग भएको स्रोत अर्थात् लगानी गर्न सकिने अधिक तरलता अहिले ९० अर्ब रुपियाँको हाराहारी रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए।

ुअसी प्रतिशत सीसीडी रेसियो (कर्जा–निक्षेप अनुपात) कायम राख्दा ९० अर्बजति लगानी गर्नसक्ने पुँजी अहिले बैंकहरूसँग छ, उनले भने । लगानीयोग्य पुँजी बढ्दै गएपछि बैंकहरूले निक्षेपको ब्याजदर पनि १ प्रतिशत विन्दु घटाइसकेका छन्। आउँदा दिनमा बैंक ऋणको ब्याजदर घटाउन राष्ट्र बैंकले पनि ब्याजदर घटाउने नीतिगत प्रयास गरेको थियो।

ब्याजदर घट्दा अहिले ऋण लिएर व्यवसाय गरिरहेका व्यापारीको खर्च कम हुनेछ। लकडाउनले व्यवसाय रोकिँदा उनीहरूलाई पुग्ने आर्थिक क्षति कम गर्न पनि न्यून ब्याजदर सहयोगी हुने राष्ट्र बैंकले बताएको छ। सँगसँगै ब्याजदर घटेपछि मानिसहरू नयाँ ऋण लिएर लगानी गर्न पनि उत्साही हुनसक्ने बैंकर बताउँछन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement