शेयर कारोबार बैशाख १५ गतेसम्म स्थगन, लकडाउन अवधिभर नखुल्ने

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बैशाख १५ गतेसम्म धितोपत्र कारोबार स्थगित गरेको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले बैशाख १५ गतेसम्म लकडाउन यथावत राखेपछि धितोपत्र कारोबार पनि स्थगन गर्ने निर्णय गरिएको हो ।

नेप्सेका उपप्रबन्धक प्रबिन पन्दाकले विज्ञप्ति प्रकाशित गरी लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement