३ सयमै ५० हजार रुपियाँको कोरोना बीमा गर्न बीमा समितिको निर्देशन

Advertisement

काठमाडौँ । बीमा समितिले कोरोना भाइरस बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीहरुको बीमा पुल मार्फत यस्तो निर्देशन जारी गरिएको हो ।

नेपालमा कोरोना संक्रमण अझै फैलन सक्ने अवस्था तथा संभावनालाई मध्येनजर गर्दै कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिम जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न उक्त निर्देशन जारी गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । विशेष गरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले दुई श्रेणीको कोरोना बीमालेख जारी गर्न निर्देशन गरिएको हो ।

रु. १ लाखको बीमाङ्क अन्तरगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपियाँ बीमा शुल्क कायम गर्ने र तर परिवारका सबैको बीमा समावेश भएमा प्रति व्यक्ति रु. ६ सय बीमा शुल्क कायम गर्ने निर्णय भएको छ । ५० हजार रुपियाँको बीमाङ्क अन्तरगत बीमा गर्दा प्रति व्यक्ति ५ सय रुपियाँ बीमा शुल्क कायम गर्ने र तर परिवारका सबैको बीमा समावेश भएमा प्रति व्यक्ति रु. ३ सय बीमा शुल्क लिइने छ ।

कोरोना भाइरस बीमाको व्यवस्थापन लघु बीमा अन्तरगत लघु बीमा पुल मार्फत गरिने र उक्त बीमालेखहरु जारी गर्दा कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशन पौडेलले आज जारी गरेको निर्देशनमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement