नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा १० प्रतिशत छुट दिइने

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई छुट प्रदान गरिने भएको छ ।

छुट गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको व्याज २०७७ असार भित्र बुझाएमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको कोषका सूचना अधिकारी उद्धव सिलवालले जनाएका छन् ।

कोषको संचालक समितिको आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो ।

त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने निर्णय पनि भएको छ । यस्तो बिषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।

Advertisement

Advertisement

Advertisement