कोरोनाका कारण न्यूयोर्कमा थप एक नेपालीको मृत्यु

Advertisement

अमेरिका । अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो।

काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन्। अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ। पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट अमेरिकामा निधन हुने नेपालोको संख्या ५ पुगेको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement