कोरोना रोकथामका लागि सिभिल बैंक र बैंकका कर्मचारीले गरे ७८ लाख ५० हजार सहयोग

Advertisement

काठमाडौं । सिभिल बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ७८ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ ।

त्यसमध्ये संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले ७० लाख रुपियाँ र बैंकका सञ्चालकहरुले एक दिनको बैठक भत्ता तथा कमचारीहरुले एक दिनको पारिश्रमिकवापत आठ लाख ५० हजार रुपियाँ सहयोग गरेका हुन् ।

सहयोग रकममध्ये ४३ लाख ५० हजार केन्द्र सरकारले बनाएको कोषमा र ३५ लाख प्रदेश सरकारको कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement