प्राइम कमर्सियल बैंकले कोरोना उपचार कोषलाई हस्तान्तरण गर्यो १ करोड ७५ लाख

Advertisement

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा १ करोड ७५ लाख योगदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज उक्त रकम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुन् ।

साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement