कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना थपिए

Advertisement

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । ती मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकीको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आज एकै दिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उदयपुरमा थपिएका १२ मध्ये ८ जना भारतीय हुन् भने चितवनको राप्ती नगरपालिका–८ का आमा र छोरा लाई समेत कोरोना संक्रमण पुष्टी भएको छ ।

Advertisement

Advertisement

Advertisement