नेपाली कोरोना संक्रमितहरु भकाभक निको हुँदै घर फर्किँदै

Advertisement

काठमाडौं । टेकुस्थित सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा रहेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवती घर फर्किएकी छन् भने पोखरामा उपचार गरिरहेकी ६५ बर्षीया महिला आइतबार घर फर्किने भएकी छन् ।

टेकु अस्पतालबाट आज डिस्चार्ज हुने दोस्रो कोरोना संक्रमित हुन् । फ्रान्सबाट कतार हुँदै कतार एयरवेजबाट नेपाल आएकी १९ बर्षीया युवतीको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनी चैत १० गते कोरोना पुष्टि भएकी थिइन् ।

टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोला र संक्रमणपछि निको भएको जनाउँदै युवतीकै अनुमतिमा उनको तस्वीर स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको जनाएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सहयोगी माधव तिवारीले पनि कोरोना संक्रमित निको भएर डिष्चार्ज गरिएको जनाएका छन् ।

त्यस्तै, बागलुङकी महिलामा २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको गण्डकीका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताएका छन् । महिलालाई डिष्चार्ज गरिए पनि दुर्इ साता होम क्वारेन्टाइनमा राखिने जनाइएको छ । दम र उच्च रक्तचापको विरामी महिला कोरोनाबाट मुक्त हुन सफल भएकी हुन् ।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन्। टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन्। उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए। शुक्रबार एकैदिन १४ जना नयाँ कोरोना संक्रमितहरु देखिएका थिए ।

Advertisement

Advertisement

Advertisement