पूर्वप्रधानमन्त्री माधव नेपालले कागेश्वरी नगरपालिकामा पठाए खाद्य सामग्री

Advertisement

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले कागेश्वरी नगरपालिकालाई खाद्य सामग्री उपलब्ध गराएका छन् ।

कोरोना संक्रमणबाट बच्न/बचाउन सरकारले लकडाउनको आदेश जारी गरेपछि बिहान बेलुका हातमुख जोर्न समस्यामा परेका दैनिक ज्यालादारी मजदुर, विपन्न र अपाङ्गहरुका लागि वितरण गर्न १६ सय बोरा चामलसहित दाल, चिनी, नून र तेल जस्ता खाद्य सामग्री उपलब्ध गराइएको पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement