डिसहोम सिनेमा घरमा चलचित्र ‘छिरिङ्ग’, दैनिक ८ शो

Advertisement

काठमाडौं । अहिले मुलुकभरका आमनागरिक घरघरमा लकडाउन अथवा बन्दाबन्दीको पालना गरी घरभित्रै बस्नु परेको अवस्था छ । यही अवस्थालाई ध्यानमा राखी डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमाघरमा नयाँवर्ष २०७७ साल वैशाख ५ गतेबाट डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा चलचित्र ‘छिरिङ्ग’ नामक चलचित्रलाई प्रदर्शनमा ल्याएको छ ।

डिसहोम सिनेमाघरमा च्यानल नम्बर ८८८ मा चलचित्र ‘छिरिङ्ग’ दैनिक ८ शो प्रदर्शन भइरहेको छ । किनकी आमनागरिकको मानसिक तनावलाई कम गर्ने उद्दश्येले कतै पीडित नहोउन् भन्ने कामनाकासाथ मनोरञ्जनलाई जोड दिइएको हो ।

अति रोमाञ्चकारी नेपाली कथानक चलचित्र छिरिङ्ग मा निमा रुम्बा, यसकुमार, कामना भुजेल आदि चर्चित कलाकारहरुको संयोजनमा बनेको सफल चलचित्र हो जसलाई प्रति शो रुपैयाँ २२५ मा सोचेभन्दा बढी मज्जा लिन सकिन्छ । डिसहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई विशेष ध्यानमा राखेर विगत ३ वर्षदेखि डिसहोम सिनेमाघर च्यानल नं ८८८ मा सञ्चालन गर्दै आइरहेको छ ।

डिसहोम सिनेमाघर फिल्म सञ्चालन गर्न आइभिआर नं. ९८०११९०९९० मा फोन गरेर अथवा मोवाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाएर पनि चलचित्र सजिलै खुलाउन सकिन्छ ।

त्यस्तैगरी सिनेमाघर खुलाउने अर्को विधि भनेको डिसहोम ग्राहक सेवा केन्द्र १६६० ०१ २२०००, ०१ ४२१७६६६ र ९८०११५५००० मा फोन गरेर अथवा नजिकको डिसहोम विक्रेतासँग सिधै सम्पर्क गरेर पनि डिसहोम सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ । मुलुकका सरहदेखि अति दर्गम भेगमा समेत बसोबास गर्ने बस्ने आमनागरिकहरको लागि पनि डिसहोम सिनेमाघर अत्यन्तै सफल सिनेमाहलको रुपमा विकसित भइसकेको छ ।

डिसहोम सिनेमाघरमार्फत सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली चलचित्रहरु छानी-छानी नयाँ-नयाँ नेपाली सिनेमाहरु सजिलै हेर्न पाउने व्यवस्था मिलाईएको कम्पनीको दाबी छ ।

Advertisement

Advertisement

Advertisement