लकडाउनमा मोबाइलको ब्यालेन्स सकिए चिन्ता नगर्नुस्, नेपाल टेलिकमले दिँदैछ निःशुल्क सेवा

Advertisement

काठमाडौं । लकडाउन अवधीमा मोबाइलको ब्यालेन्स सकिएर चिन्तामा हुनुहुन्छ ? अब नेपाल टेलिकमले ब्यालेन्स सकिएपनि फोन नकाटिने सुबिधा दिएको छ । यो सुबिधाले ब्यालेन्स सकिएर फोन गर्न नपाएका झण्डै २ लाख नागरिकलार्ई तत्कालै राहत मिल्नेछ । टेलिकमले फोन र इन्टरनेट नकाटिने तथा एसएमएस पठाउन मिल्ने यो सोमबार मध्यरात १२ बजेबाटै लागु गरिसकेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको निर्देशनमा नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन)मा आफन्तसँग सम्पर्क टु्ट्न नदिन यस्तो योजना अघि सारिएको हो । यस्तो सुबिधा निःशुल्क प्राप्त हुनेछ । ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि यसरी प्याकेज उपलब्ध गराईएको छ ।

१) निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने
क) २५ वटा अन नेट एसएमएस
ख) ५० मिनेट अन नेट भ्वाइस
ग) १०० एमबी डाटा
घ) प्याकेजको अवधि ७ दिनको हुने
२) सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।
३) सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने
४) सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने
५) सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने
६) सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने

Advertisement

Advertisement

Advertisement