पर्वतीय पर्यटन बचाउन टानको सरकारसँग आग्रह, दुई प्रतिशत ब्याजदरमा ऋण दिन आग्रह

Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अघ्यक्ष खुमबहादुर सुवेदीले विश्व महामारीको रुपमा लिएको कोरोना भाइरसको कारण नेपालको पर्वतीय पर्यटन व्यवसायमा गम्भीर असर परेको भन्दै यो व्यवसायलाई बचाउन आग्रह गरेका छन् ।

सुवेदीले विज्ञप्ति जारी गरी पर्यटनसँग आबघ्द मजदुरले भोग्नुपरेका समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँग आग्रह गर्दै नेपाल पर्यटन बोर्डमा रहेको टिम्सअन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गरि व्यवसाय र व्यवसायीको संरक्षण तथा, मजदुरहरुको हित गर्नुपर्ने बताएका छन् ।

अहिलेको अबस्थामा व्यवसाय प्रवद्र्धनका लागि एक बर्षसम्म विना धितो सहुलियत व्याजदर (दुई प्रतिशत)मा २० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराउन जरुरी रहेको भन्दै उनले परिस्थितिको ख्याल गर्दै सबै व्यवसायीलाई धैर्यधारण गर्न र सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

Advertisement

Advertisement

Advertisement