उदयपुरमा थप आठ जना कोरोना संक्रमित फेला परे, फैलिन नदिन जिल्ला नै 'सील'

Advertisement

मोरङ । यसअघि एकै पटक १२ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा पुनः आठ जना भेटिएका छन् । उदयपुरको भुल्केमा थप आठ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको हो ।

पुष्टिसँगै मंगलबारबाट पूरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमति बाहिर फैलिन नदिन यस्तो निर्णय गरेको स्थानीय सरकारको भनाई छ ।

यसअघि भारतबाट मस्जिदमा लुकेर बसेकाहरुमा कोरोना संक्रमित भेटिएपछि थपमा पनि यो रोग फैलिएको हुनसक्ने आशंकामा कोसी अञ्चल अस्पताल विराटनगरमा परीक्षण गर्दा आठ जना संक्रमित भेटिएका हुन् । उक्त अस्पतालकी सुपरिटेन्डेन संगीता मिश्रका अनुसार ६९ जनाको स्वाब परीक्षण गर्दा आठ जनाको पोजेटिभ देखिएको हो भने एक जनाको रिपोर्ट आउन बाँकी छ । कोशीमा गरिएको परीक्षण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न उनीहरुको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । पुनःपरीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

Advertisement

Advertisement