मोबाइल फोन इम्पोर्टस एशोशिएसनले ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यो ८ हजार थान मास्क

Advertisement

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टस एशोशिएसन(एमपीआईए)ले ८००० थान मास्क महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा संस्थाका अध्यक्ष दीपककुमार मलहोत्रा एवम् पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरे ।

उक्त अवसरमा अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड–१९ को महामारी विरुद्धको लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement