व्यवसायीले खाद्य सामग्रीको मूल्य बढाए, उपभोक्ता मञ्चले गरायो उद्योगमन्त्रीको ध्यानाकर्षण

Advertisement

काठमाडौँ । लकडाउनका बेला व्यवसायीहरुले खाद्य सामग्रीको मूल्य बृद्धी गरेका छन् । पुरानो स्टक सकिन लागेको र नयाँ स्टक आएपछि बजार मूल्य अझै बढने संकेत उद्योगी व्यवसायीहरु गरेका छन् ।

बजारमा दैनिक उपभोग्य वस्तुहरुको मौज्दात कम्तिमा ३ महिनाको लागी पर्याप्त रहेको र कुनै किसिमको मूल्य बृद्धी नहुने व्यवसायिक संस्थाका प्रतिनिधिहरुले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा प्रतिबद्धता जनाएपनि बजारमा मूल्य बृद्धी भएको हो ।

अहिले बजारमा चामल प्रति बोरा (२५ केजी तौलको)मा कम्तिमा १०० रुपियाँं, खाने तेल प्रति लिटरमा कम्तीमा २० रुपियाँ, आँटा मैदामा प्रति केजी १० रुपियाँ, ताइचिनी च्यूरामा प्रति किलो २० रुपियाँसम्म मूल्य बृद्धी गरिएको छ भने चिनी प्रति किलो ८५ रुपियाँमा बिक्री भएको पाइएको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ ।

यसैक्रममा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै अनुचित तरिकाले गरिएको मूल्य बृद्धी नियन्त्रण गरी आम उपभोक्तालाई राहत प्रदान गर्न ध्यानाकर्षण गराएका छन् ।

Advertisement

Advertisement

Advertisement