आज पनि थपिए तीन जना कोरोना संक्रमित, कुल संख्या ४५

Advertisement

काठमाडौं । कोरोना संक्रमितहरु थपिने क्रम बुधबार पनि जारी रह्यो । मंगलबार ११ जना नयाँ संक्रमित पुष्टि भएकोमा आज तीन जना थपिएर कुल संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोनो पोजिटिभ देखिएको जनाएको हो ।

बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । हाल क्वारेन्टाइन्मा रहेको उनीहरुलाई अस्पताल ल्याउने तयारी गरिरहेको पनि उनले बताए ।

साथै, मन्त्रालयले सात जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएको जनाएको छ । यसअघि पाँच जना घर फर्किएकोमा बुधबार सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज भएको जनाएको हो ।

Advertisement

Advertisement

Advertisement