'आर्थिक वृद्धिदर 'माइनस'मा जान सक्छ, यसरी शून्यमा रोक्ने प्रयास गरौं'

Advertisement

कोरोना भाइरस (कोभिड १९) नेपालको निजी क्षेत्रका लागि सबैभन्दा ठूलो चूनौती हो । यसअघि नेपालको निजी क्षेत्रले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरता भोगेको थियो । तर, ति घट्नापछि निजी क्षेत्र केही समय भित्रै पुरानै अवस्थामा आएको थियो ।

तर यो महामरी त्यो भन्दा पनि भयानक रुपमा देखा परेको छ । यो कोरोनाको समस्या विश्वव्यापी महामारीको रुपमा आएको हो । कोरोना भाइरस (कोभिड१९)ले विश्वभरको अर्थतन्त्र तहसनहस पारेको छ ।

त्यसैले ९० प्रतिशत क्षेत्र छिट्टै रिकभर हुन सक्दैन् । अन्तर्रा्ष्ट्रिय मुद्रा कोष लगायतका निकायहरुले २÷३ प्रतिशतसम्म आर्थिक वृद्धि हुन्छ भनेका छन् । तर, हामी भने यसपाली आर्थिक वृद्धि शून्यमै राख्न पाए आफुलाई भाग्यमानी सम्झिन्छौं । किन कि शून्यभन्दा तल जान सक्ने सम्भावना हामीले देखेका छौं ।

यो महामारीबाट निजी क्षेत्रलाई मात्र नभई सरकारलाई पनि ठूलो क्षति भएको छ । यसका साथै, वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली युवा स्वदेश फर्किन लागेका छन् । शुन्य प्रतिशतमा बसियो भने जित हुनेछ । ४ खर्बको नोक्सानी भैसक्यो । ५० लाख मानिस देश फर्कन तयार छन् ।

ति सबैलाई नेपालमा कसरी रोजगारी दिने भन्ने मुख्य चूनौतीको रुपमा अगाडी आएको छ । त्यसैगरी, नेपालमा रहेका उद्योगहरुलाई कसरी बचाउने भन्ने अर्को ठूलो चूनौतीको रुपमा रहेको छ । निजी क्षेत्रलाई बचाउन नसके ठूलो समस्या आउँछ । र देशको अर्थतन्त्रमा ठूलो समस्या आउँछ । स्वदेशमा भएका र विदेशबाट आएकाहरुलाई रोजगारी सृजनाको पक्षमा पनि निजी क्षेत्रको भूमिका अहम रहन्छ ।

त्यसैगरी, सरकारको ठूलो राजश्व गुम्छ । त्यसैले निजी क्षेत्र बच्न आवश्यक छ । निजी क्षेत्र लाई बचाउन हामीले सरकारलाई सुझावसहितको प्याकेज योजना बुझाएका छौं । अब कति उद्योग बाच्न सक्छन भन्ने चुनौती पनि रहेको छ । धेरै देशले अर्थतन्त्रलाई कसरी बचाउने भन्ने योजना ल्याएका छन् । देश जोगाउन निजी क्षेत्र बाच्नुपर्छ । हामीले सरकारलाई प्याकेज प्रस्ताव गरेका छौं । यो हाम्रा लागि अवसर होइन, चुनौती हो ।

त्यसकारण, यो कठिन समय भएकाले नेपालको सबै छाता सगठन मिलेर त्यो प्याकेज तयार पारेका थियौं । प्याकेज तयार पर्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत अन्य संघ संस्थाहरुको सहभागिता थियो ।

सरकारलाई बुझाएको सुझावसहितको प्याकेजमा आगामी दिनमा कसरी अगाडी बढ्दा देशको निजी क्षेत्रलाई बचाउन सकिन्छ भनेर ४ वटा सुझाव दिएका छौं । जसमा पहिलो नम्बरमा उद्योग/व्यवसाय र निजी क्षेत्रलाई बचाउने कसरी बचाउने भन्ने विषयमा छ । दोस्रो सुझावका रुपमा श्रमिकको व्यवस्थापनको विषयबारे खुलाएका छौं ।
पारिश्रमिकको विषयमा वैशाख महिना पुरै लकडाउन भयो भने हामी ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन सकिँदैन् ।

तेस्रो सुझावका रुपमा बिजुलीको सम्बन्धमा सुझाव दिएका छौं । उद्योगी÷व्यवसायीले बिजुली नचलाए पनि महशूल तिर्न पर्यो भने समस्या हुन्छ । त्यसकारण अब आगामी ४ महिना विद्युतमा डिमाण्ड शुल्क नलिने सुबिधा चाहियो ।
हामीले सरकारलाई दिएको चौथो सुझाव भने नितीगत विषयमा सम्बन्धित छ ।

आगामी दिनमा नेपालका निजी क्षेत्रले धेरै पुनःसंरचना गर्नुपर्ने भएकाले व्याजलाई ५ प्रतिशतसम्म ल्याउन सक्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकले आफ्नो नियमलाई खुकुलो बनाउनुपर्छ । अब लकडाउनका बिषयमा पनि केहि सोच्नुपर्छ । उद्योगधन्दा कलकारखाना सञ्चालनमा आएन भने नेपाल ठूलो समस्यामा जान्छ । त्यसैले अब नेपालका उद्योगहरु सञ्चालनमा ल्याउनुपर्छ । स्वास्थ्यका मापदण्ड पुरा गरेर एउटा मोडलमा उद्योग धन्दा चलाउन सक्नुपर्छ ।

चैतमा १० दिनसम्म उद्योग चलेका थिए । सरकारले चैतको सबै तलब दिनुपर्छ भनेर घोषणा गरेपछि केही उद्योग÷व्यवसायीहरुले पुरै तलब पनि दिए । यो कसैका लागि पनि अवसर होइन्, चुनौती हो । उद्योग पनि चल्न पर्छ । उद्योगसँग मौज्दात पैसा छैन् । धेरै क्षेत्र (होटल/पर्यटन लगायत उद्योग)को ब्याज धेरै हुन्छ र आम्दानी शून्य छ ।
यस्तो समयमा पुरा पैसा दिन हामी असमर्थ छौं । साना र मझौला उद्योग त आँफै कर्मचारी र आँफै सञ्चालक पनि हुन्छन् ।

वैशाख महिनामा हामीले सबै तलब दिन सक्दैनौं । तर ५० प्रतिशतसम्म दिन सक्छौं भनेका हौं । अर्काे कुरा भनेको अब कुनै उद्योगीले आफ्नो उद्योग वा व्यवसाय बन्द गर्न चाहान्छ भने त्यसमा पनि सहजीकरण गरिदिनुपर्छ । त्यति मात्रै होइन्, निजी क्षेत्रमा तरलता बढाउनुपर्छ । त्यसका लागि भ्याट क्रेडिट फिर्ता दिने व्यवस्था कार्यान्वयन होस् । निजी क्षेत्रका कतिपय कम्पनीहरुले अदालतबाट जितेका मुद्धाहरु वापत फिर्ता पाउनुपर्ने पैसा फिर्ता तत्कालै दिनुपर्छ । –नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको भिडियो कन्फेरेन्समा महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले व्यक्त गरेको विचारको सम्पादित अंश)

Advertisement

Advertisement

Advertisement