कोरोना उपचार कोषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिए ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाईँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement