बैशाखबाटै घटायो कृषि विकास बैंकले ब्याजदर, कृषिमा लगानी पुग्यो ३० प्रतिशत

Advertisement

काठमाडौं । कृषि विकास बैंकले बैशाख महिनाबाटै ब्याजदर घटाएको छ । बैंकले पछिल्लो एक वर्षको अवधीमा करिब ३ प्रतिशतले ब्याजदर घटाएको हो । लकडाउनको अवधी सुरु भएपछि मात्रै बैंकले २ प्रतिशतसम्म ब्याजदर घटाएको छ । २०७६ चैत २६ गतेको निर्णयले बैशाख १ गतेबाट ब्याजदर घटाएको थियो । अन्य बैंकहरुले जेठबाट ब्याजदर घटाउने गरि नयाँ सूचि प्रकाशित गरिरहेका छन् ।

बैंकले कृषि तथा पशुपालन तर्फ कर्जाको ब्याजदर भारी कटौती गरेर ९ प्रतिशतमा झारेको छ । गत वर्ष यस्तो ब्याजदर १२ प्रतिशत थियो । निक्षेपमा भने साधारण बचतमै ५.५० प्रतिशत ब्याज दिईरहेको छ । यो बैंकहरुले दिने ब्याजको औषत भन्दा धेरै हो ।

हाल देशभर बैंकका २८४ शाखा र ७७ वटा एटिएम छन् । ग्राहक आधार कर्जाग्राही एक लाख ४५ हजार र निक्षेपकर्ता कबिर १३ लाख छन् । बैंकले करिब ३० प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको प्रवक्ता हिमलाल पौडेलले बताए ।

गत आवमा ३० प्रतिशत लाभांश दिएर दोश्रो उच्च लाभांश दिने बैंक बनेको थियो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९८ करोड छ भने कोर क्यापिटल २९ अर्ब छ ।

Advertisement

Advertisement

Advertisement