दुई वर्षमै ज्योति विकास बैंकबाट बाहिरिए सीईओ मनोज ज्ञवाली

Advertisement

काठमाडौँ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज ज्ञवालीले उक्त पदबाट राजीनामा दिएका छन् । २ वर्ष अघि ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त ज्ञवालीले कार्यकाल पूरा नहुँदै ज्योति विकास छाड्ने निर्णय गरेका हुन् ।

सीईओ ज्ञवालीले बैशाख १५ देखिदेखि बैंक छाड्ने बताए । नेपाल राष्ट्र बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्यहाँ ७ वर्ष काम गरे, त्यसपछि ग्लोबल आईएमई बैंकमा काम गरेका थिए । पछिल्लो समय ज्योति विकासमा सीईओ रहेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्स समेत हुन् ।

Advertisement

Advertisement

Advertisement