बीमा समितिले ८० कर्मचारीको गर्यो कोरोना बीमा

Advertisement

काठमाडौँ । बीमा समितिले आफ्ना ८० जना कर्मचारीको कोरोना भाइरस बीमा गरेको छ । आईएमई जनरल इन्स्योरेन्समा कर्मचारीको कोरोना बीमा गरेको हो । प्रत्येक कर्मचारीको १ लाख रुपियाँको बीमा गरेको समितिले जनाएको छ ।

बीमा समितिका सूचना अधिकारी निर्मल घिमिरेका अनुसार समितिका अनुसार कर्मचारीको बीमा गर्नको लागि ऐनमा नै व्यवस्था भए अनुसार कोरोना भाइरस बीमा गरिएको हो । केही दिन अघि मात्र समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमालेख खरिद गरी कोरोना बीमाको शुभारम्भ गरेका थिए ।

Advertisement

Advertisement

Advertisement