उदयपुर र जनकपुरमा थपिए २ जना कोरोना संक्रमित

,   ११ बैशाख २०७७, बिहीबार, ०४:३७ pm   
corona_covid_19_posative_Nepal

काठमाडौं । उदयपुर र जनकपुरमा एक एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो । उदयपुरकी ५५ वर्षिय महिला र जनकपुरका १४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । अब देशभर कोरोना संक्रमितको संख्या ४७ जना पुगेको छ ।

आजै थप २ जना उपचार पश्चात स्वास्थ्य लाभ गरि घर फर्किएका छन् । पेप्सीकोलाका ५८ पुरुष र ८१ वर्षिय महिला स्वास्थ्य लाभ गरि पाटन अस्पतालबाट डिस्चार्ज भएका हुन् । अब कोरोनाको सफल उपचारपछि घर फर्कनको संख्या ९ पुगेको छ ।

aecc