घोराही चेम्बरले ८० घर परिवारलाई वितरण गर्यो राहत सामग्री

Advertisement

काठमाडौँ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा मास्क लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल सञ्चालन गरिदै आएको । यसैक्रममा घोराही चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको छ ।

घोराही चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए । घोराही चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement