संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट खारेज

Advertisement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै राष्ट्रपतिले खारेज गरेकी हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय लिएको हो । नेपालको कानुनमा मन्त्रिपरिषद्‍बाट फिर्ताको निर्णय भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिअध्यादेश खारेज गर्ने कानुनी व्यवस्था छ।

Advertisement

Advertisement

Advertisement