कोरोना बीमामा आकर्षण, ५ दिनमा ४१ लाख ७३ हजार बीमा शुल्क संकलन

Advertisement

काठमाडौं । कोरोना बीमा सुरु भएको ५ दिनमा ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

बीमा समितिका अनुसार २० वटा निर्जीवन बीमा कम्पनीले ७ हजार ४९९ जनाको बीमा गरेका छन् । अहिलेसम्म ४ सय ७४ वटा कोरोना बीमालेख बिक्री भएको जनाइएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमालेख खरिद गरी शुभारम्भ गरेको कोरोना बीमा बीमा अस्पताल तथा कर्पोरेट हाउसहरुले गराएका हुन् । बीमा समितिले समेत आफ्ना ८० जना कर्मचारीको कोरोना बीमा गराइसकेको छ ।

Advertisement

Advertisement

Advertisement