विश्वचर्चित बुलगेरियन अपराध ड्रामा 'अण्डरकभर' डिशहोमको १०२ नम्बर च्यानलमा हेर्न पाइने

Advertisement

काठमाडौं । विश्वचर्चित बुलगेरियन अपराध ड्रामा टेलिभिजन सिरिज ‘अण्डरकभर’ डिशहोमको च्यानल नं १०२ रियालिटि टिभी।मा प्रसारण हुने भएको छ ।

बुलगेरियन माफियाका गिरोह विरुद्ध प्रहरीको अन्डर कभर अपरेशनको कथा समेटिएको विश्वचर्चित यो सिरिज डिशहोमको रियालिटी शो मा हरेक आइतबार राति ८ः३० बजे प्रसारण हुन लागेको जनाइएको छ ।

अण्डरकभर एक काल्पनिक आधुनिक अपराध श्रृंखला हो, जसले बुलगेरियन अण्डरवल्र्डको वास्तविकतालाई चित्रण गर्दछ । यस अपराध कथाले वास्तविक घटनाहरुलाई जस्ताको तस्तै कभर गरेर श्रंखला बनाउँछ, जसमा ग्यानस्टार, युद्ध, लागुऔषध वितरण, जालसाँजी, शहरको केन्द्रमै बन्दुक हमला, भ्रष्टाचार योजना, बैंक डकैती आदी कथा समावेश छ ।

शिसहोमले आइतबारदेखि यो सिरिज सुरु गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement