कोरोनाबाट प्रभावित ‘स्टार्टअप'हरुले निराश हुने कि अवसरको रुपमा लिने ?

Advertisement

विश्वभरी महामारी को स्वरुप लिदै फैलिएको कोभिड–१९, कोरोना भाइरसले जसरी दिन प्रतिदिन मानव अस्तित्वलाई समाप्त पार्न खोज् छ, त्यसैगरी विश्वभरिका बैज्ञानिकहरु पनि यो महामरीबाट कसरी बच्न सकिन्छ भन्ने कोशिसमा लागी परेका छन् । यस्ले अहिले बैज्ञानिकहरुलाई ठूलै चुनौती सँर्गै अवसर पनि दिएको छ भोलिको मानव सभ्यतालाई जोइगाइराख्न ।

विश्व अर्थतन्त्रमा यो माहामारीले पारेको अहिलेको असर र आगामी दिनमा निम्त्याउन सक्ने अवस्था बारे लगभल सबै नै बिस्व्स्थ छन जस अनुसार सबै आफ्नो आफ्नो तयारिमा समेत लागिसकेका छन । यस बिषम परिस्थिती सबैभन्दा छिटो असर गर्ने र निराश भएर धरासायी हुने अवस्था आउने भनेको नयाँ सोच र जोस लिएर अगाडि बड्न खोज्ने स्टार्टअपहरुनै हुन् ।

निरास अनि धरासायी हुने सक्ने अवस्थाहरुः
१. सिमित आर्थिक अवस्थाबाट सुरु गरिएको उद्योग, ब्यापार भएको हुनाले धेरैदिनको बन्दले आर्थिक अवस्था नाजुक हुनु ।
२. बैंकको लोन अनि तेस्मा लाग्ने ब्याजको भार ।
३. दुःख अनि धेरै मिहेनत पछी जम्मा भएको एक परिवार जस्तै कर्मचारीहरुलाई सही सन्तुलन गर्न नसक्नु ।
४. ब्यापर बिनाको खर्चको भार, जस्तैः घरभाडा, बत्ति, इन्टरनेट आदी को भुक्तानि, कामदारको उचित ब्यवस्थापनमा समस्या ।
५. दक्ष कामदारको अभाव ।
६. सुरुदेखी सुरुवात गर्नु पर्ने अवस्था ।

यी त केहि उदाहरण मात्र हुन् । यस्ता धेरैकारण छन् जस्ले स्टार्टअपहरुलाई निकै समस्या पर्नसक्ने पक्का छ । अहिले नै यस्को बारेमा सोचेर सही अनि सटिक योजना बनाउन सकिएन भने हामी जस्ता स्टार्टअपहरुलाई स्टार्ट हुनु अगाडि नै इन्ड हुनलाई समय नलाग्ने पक्का छ । नयाँ जोश अनि जागरका साथ केहि गरौँ भन्ने अठोट लिएका युवाहरुलाई अहिलेको अवस्थाले निराशसंगै अब झन् दिगो योजना सहित अगाडि बढ्ने अवसर पनि प्रदान गरेको छ, हामी ले यस अवस्था लाइ संयम भएर अगाडि बढ्न जरुरी छ ।

यसरी बढौँ अगाडिः
१. सबै भन्दा पहिले आफुले आफैलाई आत्मबिस्वासी बनाई अगाडि बढौँ ।
२. हिजोका योजनाहरुमा हामी कहाँ पुगेका छौँ, तेस्मा रहेका बाँकी कार्यलाई सम्पादनको योजना बनाउ ।
३. सफल ब्यस्थापन गर्नको लागि आफ्नो टिमसंग अहिलेको अवस्था अनि आउन सक्ने समस्याको बारेमा छलफल गरौँ ।
४. आर्थिक अवस्था सबल बनाउन सानो सानो तर दिर्घकालीन कार्य योजना बनाई अगाडि बढौँ ।
५. आफ्नो कर्मचार हरुलाई संयम बनाउन अनि आत्मबिस्वाश बढाउन उचित योजना सहित प्रशिक्षण तथा तालिम को ब्यवस्था गरौँ ।

यसरी संयम अनि दीर्घकालीन योजना नै अबको दिनमा अगाडि बढ्ने एकमात्र उपाय हो । नेपाल सरकारले हामी जस्ता स्टार्टअपहरुलाई यस्तो विषम परिस्थितिमा अगाडि बढ्न अनि आफ्नो योजना सफल बनाउन ठोस कदम चाल्न जरुरी रहेको अहिलेको बेला केहि दीर्घकालीन योजना ल्याउन सबैले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । (भट्टराई हेरचार डटकम प्रालिका प्रबन्धक हुन् ।)

Advertisement

Advertisement

Advertisement