फोटो पत्रकारिता दिवसको अवसरमा फोटो पत्रकार क्लबका सबै सदस्यको कोरोना बीमा

Advertisement

काठमाडौँ । ९३ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अबसर देशभरका सञ्चार गृहमा कार्यरत सबै नेपाली फोटो पत्रकारहरुको कोरोना बीमा गरिएको छ ।

फोटो पत्रकार क्लबले राष्ट्रिय फोटो पत्रकारिता दिवसको अबसर फोटो पत्रकारहरुको सुरक्षा तथा मनोबल उच्च राख्नका लागी शिखर इन्स्योरेन्ससँगको सहकार्यमा क्लबका सबै सदस्य र सदस्यको (श्रीमान/श्रीमती) लाई रु ५० हजार रुपैयाँको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको हो ।

क्लबका प्रबक्ता दिपेश श्रेष्ठका अनुसार यस बिमा योजनाले फोटो पत्रकारहरुको सुरक्षित तवरले फिल्डमा खटिई आफ्नो जिम्मेवारी बहन गर्ने मनोबलमा वृद्धि गर्ने क्लबले विश्वास लिएको छ ।

'फोटो पत्रकारहरुको सुरक्षाको विषयमा ध्यान पुरयाउने पहिलो जिम्मेवारी सम्बन्धित सञ्चार गृहकै हो । प्रत्येक सञ्चार गृहले फोटो पत्रकारहरुको मेहनत र जोखिम मोलेर पनि काम गर्ने शाहसको उनीहरुको सुरक्षातर्फ गम्भीर भएर अत्यावस्यकीय व्यवस्था तत्काल गर्नेमा यस फोटो पत्रकार क्लब विश्वास व्यक्त गर्दछ'–आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement