लकडाउन अब के हुन्छ ? आज दिउँसो मन्त्री परिषद्को बैठक बस्दै

Advertisement

काठमाडौँ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको अवधि भोलि सकिन लागेपछि अब के गर्ने भन्ने निर्णय गर्न आज दिउँसो मन्त्री परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ ।

यता हिजो बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । समितिको बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement