फेरि दुई जना थपिए कोरोना संक्रमित, कुल ५१ जना पुग्यो

Advertisement

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थपिएको छ । आइतबार पर्साका दुई जनामा कोरोना संक्रमण देखिएको हो । थपिएकासहित कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी ५० बर्षीय दुई जना पुरुषहरुमा संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् ।

छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुलाई नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

उक्त अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीन जना जमाती छन्।

Advertisement

Advertisement

Advertisement