सनराइज बैंकले पर्वत र धौलागिरी अस्पताललाई हस्तान्तरण गर्यो पीपीई

Advertisement

काठमाडौँ । सनराइज बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) २५ थान हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म सन्राइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराई सकेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउँदै जाने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement