ब्याजमा १० प्रतिशत सहुलियत दिने गभर्नर महाप्रसादको घोषणा (पूर्णपाठसहित)

Advertisement

काठमाडौँ । राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा १० प्रतिशत सहुलियत दिने भएको छ । राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले ६५औं वार्षिकोत्सवको अबसरमा आज यस्तो घोषणा गरेका हुन् ।

वार्षिकोत्सवकै अवसरमा राष्ट्र बैंकको सुरु गरेको नयाँ वेबसाइट सार्वजनिक गर्दै सोही मार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै गभर्नर अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख गरेका हुन् ।

गभर्नर अधिकारीले बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने, कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने उक्त प्रतिबद्धतामा उल्लेख गरेका छन् । साथै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने जनाएका छन् ।

‘बैंकमा रहेको रु.५० अर्बको पुनरकर्जा कोषलाई रु.६० अर्बको वनाउने व्यवस्था गरिएको छ ।प्रतिकूल परिस्थितिमा बढीभन्दा बढी सेवाग्राहीले विद्युतीय माध्यमबाट बैंकिङ सेवा प्राप्त गर्नसकून् भन्ने उद्देश्यले विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाइएको छ भने विद्युतीय कारोबार गर्दा २०७७ असार मसान्तसम्म कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।’ गभर्नर अधिकारीले उल्लेख गरे ।

वित्तीय साधन परिचालनमार्फत आर्थिक क्रियाकलाप विस्तारमा टेवा पुर्याउँदै समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने राष्ट्र बैंकका गभर्नर अधिकारीको प्रतिबद्धता छ ।

राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा गभर्नर अधिकारीले व्यक्त गरेको प्रतिबद्धताको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

 

Advertisement

Advertisement

Advertisement