काठमाडौं परिसर भन्छ- 'अपहरण'को जाहेरी हामी लिँदैनौं, दर्ता गर्न महोत्तरी जाउ

Advertisement

काठमाडौं । आफ्नो अपहरण भएको भन्दै जाहेरी लिएर पुगेका संघीय समाजवादीका नेता तथा साँसद सुरेन्द्र यादवको जाहेरी काठमाडौं परिसरले दर्ता गर्न अस्वीकार गरेको छ । पूर्वप्रधानमन्त्रीसहितका नेताहरुसहित पूर्वआईजीपी सर्वेन्द्र खनाल, सत्तारुढ दलका साँसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध किटानी जाहेरी दर्ता गर्न पुगे पनि परिसरले दर्ता गर्न अस्वीकार गरेको हो ।

परिसरको मुद्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घटनास्थल महोत्तरीमै दर्ता गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न नमानेका हुन् । मुद्दा शाखाका प्रहरीहरुले मुद्दा दर्ता गर्न नमानेपछि भट्टराईसहितका नेताहरुले परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसँग कुराकानी गरेका थिए ।

नेता बाबुरामका सहयोगी विश्वदीप पाण्डेले प्रहरीले जाहेरी लिन नमानेको भन्दै अब किटानी जाहेरी नेपाली जनताकोमा दिने बताए । बाँकी फैसला अब जनअदालतले गर्ने उनको तर्क छ । समाजवादी पार्टी फुटाउने क्रममा पूर्वआईजीपी खनाल र साँसदद्धय बस्नेत र श्रेष्ठ यादवलाई अपहरण गर्न महोत्तरी पुगेका थिए । यादवलाई अपहरण गरी रातिराति काठमाडौं ल्याइएको समाचार बाहिरिएपछि अहिले सरकारको चर्को आलोचना भइरहेको छ । यद्यपि उनीहरुले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । समाजवादीका नेताहरुले भने प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement