१० दिन थपियो लकडाउन, अब बैशाख २५ गतेसम्म

Advertisement

काठमाडौं । सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो । यसअघि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो । अब बैशाख २५ गतेसम्म लकडाउन कायम रहनेछ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री डा. युवराज खतिवडाले बैशाख ३१ गतेसम्म सिमा नाका बन्द गर्ने निर्णय गरिएको पनि जानकारी दिए । “बाह्य जगतबाट कोरोना सङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तरराष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो”, मन्त्री डा खतिवडाले भने ।

यसअघि वैशाख ३ देखि १५ गतेसम्मका लागि बन्दाबन्दी लम्ब्याउने सरकारले निर्णय गरेको थियो । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता बन्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो ।

यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्री डा खतिवडाले भने, “दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ ।”

Advertisement

Advertisement

Advertisement