जिल्ला अदालत काठमाडौँको आदेश-‘पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्नू’

Advertisement

काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यस अघि पूर्वसचिव उपाध्यायमाथि साइबर क्राइमको अभियोगमा मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा बैशाख १० गते उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो ।

Advertisement

Advertisement

Advertisement