धितोपत्र कारोबार अझै १० दिन बन्द, ‘बैशाख २६ गतेदेखि बजार खुल्न सक्छ, तयारी गर्नू’: नेप्से

Advertisement

काठमाडौँ । सरकारले लकडाउन आदेश भोलिदेखि १० दिन थप गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले धितोपत्रको कारोबार बैशाख २५ गतेसम्म स्थगन गर्ने निर्णय गरेको छ ।

नेप्से सञ्चालक समितिको आज बसेको बैठकले लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको उपप्रबन्धक प्रविन पन्दाकले आज प्रकाशित गरेको जरुरी सूचनामा उल्लेख छ ।

बैशाख २६ गतेदेखि बजार नियमित रुपमा सञ्चालन हुन सक्ने हुँदा सोको लागि आवश्यक तयारी गर्न सम्बन्धित सबैलाई सूचना मार्फत जानकारी गराइको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन आदेश जारी गरेको छ, लकडाउन अवधिभर शेयर बजारसमेत बन्द रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement