'नयाँ पोलिसी बिक्रि भएको छैन्, बीमा कम्पनीको नाफा पक्कै घट्छ'

Advertisement

सबै क्षेत्रमा लकडाउन छ । न्युनतम रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर केहि काम गरिरहेका छौं । जीवन बीमा तर्फ प्रिमियम तिर्ने व्यवस्था गरिदिएका छौं । अहिले नयाँ पोलिसी किन्न सकिने अवस्था छैन् । निर्जीवन तर्फ भने अनलाइनबाट बेच्न भनेका छौं । सबै इन्स्योरेन्स कम्पनीलाई एउटा एउटा पासको व्यवसथा गरिदिएका छौं । बीमा समिति पनि चार पाँच जना मान्छे आएर सञ्चालन गरिहेका छौं ।

कोरोनका कारण २०७६ फागुन मसान्तमा जीवन बीमा तर्फ ६२ अर्ब र निर्जीवन बीमा तर्फ १८ अर्ब प्रिमियम संकलन गरिसकेका छौं । लकडाउनलाई छिचोलेरै जीवनमा ८५ अर्ब र निर्जीवनमा २५ अर्ब गरेर कुल ११८ अर्ब प्रिमियम संकलन हुने देखेका छौं । जीवन बीमा तर्फ १८ देखि २० प्रतिशत र निर्जीवन तर्फ २ देखि ३ प्रतिशत प्रिमिय बढ्ने देखेका छौं ।

नाफाको कुरा गर्दा जीवन बीमा तर्फ बैंकको ब्याजदर घटेकाले नाफा पनि घट्ने अनुमान गरिएको छ । बीमा समितिले गत वर्षदेखि नै बोनस गणनाका लागि ६ प्रतिशतको छुट दिएका छौं । अन एलोकेटिड एमाउन्टमा भएकाले यसै वर्ष पुराना कम्पनीहरुलाई बोनसमा खासै असर गर्दैन् । नयाँ कम्पनीहरुले भने थोरै असहज महशुस गर्नुपर्ने जस्तो देखिन्छ ।

यसपाली बीमा कम्पनीहरुको नाफामा केहि कमी आउने कुरा त स्वभाविक नै हो । निर्जीवन बीमा कम्पनी तर्फ पनि प्रिमियम संकलन केहि घटेको छ । त्यसले नाफा पनि घटाउने कुरा स्वभाविक नै हो । तैप िनगत वर्षदेखि एनएफआरएस लागु भएको हुनाले कानुन अनुसारको प्रोभिजन र एनएफआरएसको पनि प्रोभिजन गर्नुपर्ने भएकाले कम्पनीहरुको एकाउण्टमा पैसा छ । हामी छिटो भन्दा छिटो बीमा ऐनलाई संसदबाट पास गर्ने बाटोमा अघि बढिरहेका छौं । बीमा ऐन आएपछि दोहोरो प्रोभिजन गर्नु पर्दैन् । त्यसले नाफामा धेरै असर गर्दैन् । आगामी दिनमा अर्थतन्त्रले कस्तो बाटो लिन्छ ? रेमिटेन्सले कस्तो अवस्था लिन्छ ? देशको अर्थतन्त्र कुन रुपाम अघि बढ्छ भन्ने कुराले नै बीमा क्षेत्रको भविष्य निर्धारण गर्ने हो ।
तत्कालै बीमा क्षेत्रमा खासैै ठूलो असर गर्दैन् ।

कोरोना बीमाको पुनर्बीमा विदेशी पुनर्बीमा कम्पनीले गर्दैनन् । त्यसकारण नेपाल पुनर्बीमा कम्पनीबाटै पुनर्बीमा गराएर ५० हजार र एक लाखको बीमा गर्ने व्यवस्था गरेका हौं । ग्रामिण र विपन्न परिवारलाई लक्षित गरेर कोरोना बीमा ल्याएका हौं । कोरोनाको त्रास कहिले सकिन्छ भन्ने अहिले नै एकिन पनि भएको छैन् । त्यसकारण हामीले यो बीमा अघि सारेका हौं । यो एक हदसम्म सामाजिक दायित्वको पोलिसी पनि हो । यसमा नागरिकको रुची पनि राम्रोसँग बढिरहेको देखिन्छ ।

महामारीको बीमा नगर्ने अन्तराष्ट्रिय सिद्धान्त नै हो । हामीले महामारीको प्रत्यक्ष कभर त गरेका छैनौं तर आफ्नै मौलिक प्रयास थालेका हौं । यसमा बीमा कम्पनीहरुलाई सामाजिक दायित्वसँग पनि जोडेर हेरिएको छ । कोरोनाको बीमा नगरेको भए किन नगरेको भनेर आलोचना हुन्थ्यो । हामीले बीमा गरिदियौं । तर अहिले अन्तराष्ट्रिय सिद्धान्त विपरिद किन बीमा गरेको भन्ने प्रश्न गरिएको छ । हामीले घातक रोग बीमाको शुल्कका आधारमा कोरोना बीमाको कार्यक्रम अघि सारेका हौं ।

कोरोनाको उपचार सरकारले गर्छ । तर उपचार बाहेकका अन्य जति पनि आर्थिक दायित्व आईपर्छ, त्यसका लागि कोरोना बीमाले सहयोग गर्छ । जागिर खाएर घर चलाईरहेको व्यक्तिलाई कोरोना भयो भने एक महिनासम्म आम्दानी हुन्न । त्यतिबेला घर खर्च चलाउन पनि कोरोना बीमाले सघाउँछ । यो बीमाले नेपाली कम्पनीहरुलाई अत्याधिक नाफा कमाउन पनि दिँदैनौं । र कम्पनीहरु टाट पल्टिने अवस्था पनि आउन दिँदैनौं । -नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको भिडियो कन्फेरेन्समा बीमा समितिका अध्यक्ष चापागाईँले व्यक्त गरेको विचारको सम्पादित अंश

Advertisement

Advertisement

Advertisement