कोरोनाका कारण इजरायलमा नयाँ दश लाख बेरोजगार

Advertisement

जेरुसेलम, इजरायल । इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिलेसम्म थप दश लाखभन्दा बढी बेरोजगार भएका छन् । इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म कुल दश लाख ११ हजार २०५ जना बेरोेजगार भएका हुन् ।

यो विवरण यही मार्च १ देखिको भएको अधिकारीहरुले बताएका छन् । त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए । आइतबार मात्रै ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन् । इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ ।

त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो । रासस/एएनआई

Advertisement

Advertisement

Advertisement