'बैशाख २५ गतेपछि केही घण्टा सेयर बजार खोलौं'

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले चैत २५ गतेपछि आंशिक रुपमा सेयर बजार खुल्ला गर्नुपर्ने धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको भिडियो कन्फेरेन्स उनले बैशाख २५ गतेपछि २ घण्टा अवधीका लागि सेयर कारोबार खुला गर्नुपर्ने धारणा रोखका हुन् ।

यस्तो छ उनको विचार
सबै ब्रोकरलाई एकै पटक खोल्नु पर्छ भन्ने छैन । ब्रोकरका कार्यालयहरु पालै पालो खोलौं । अहिले पाँच घण्टा कारोबार भैरहेको थियो । त्यसलाई घटाएर एक दुई घण्टा कारोबार खोलौं । धितोपत्र बोर्ड मार्फत ब्रोकरलाई पासको व्यवस्था गरौं । अहिले कनेक्ट आइपीएसको सिमा १० लाख छ । त्यसको सिमा हटाएर सेयर कारोबार गरौं ।

यो ३५ दिनमा डिम्याट खाता, मेरो सेयर र ब्रोकरको सिस्टम एकिकृत गर्न सक्नुपर्ने थियो । अबको १० दिनमा त्यसलाई जोडौं । धेरै लगानीकर्ताको मेरो सेयर नविकरण हुन सकेको छैन् । अब त्यसलाई स्वतः नविकरण हुने व्यवस्था गरौं ।

अहिले सर्किट ब्रेकको १० प्रतिशतलाई अब ५ प्रतिशतमा झारौं । त्यसो गरियो भने बजार खुलाउन सकिन्छ र सिमित अवधी खुलाउन सकिन्छ । दोश्रो बजारका प्लेयर भनेको सिमित र जानकार मान्छे मात्रै हुन्छन् । त्यसमा धेरै ठुलो संख्या पनि हुन्न । यति काम गरियो भने बैशाख २५ गतेपछि सेयर कारोबार आंशिक समयका लागि खुला गर्न सकिन्छ । –नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको भिडियो कन्फेरेन्समा पौडेलले व्यक्त गरेको विचारको सम्पादित अंश)

Advertisement

Advertisement

Advertisement