कामना सेवामा अनलाइन खाता खोल्ने सुबिधा, सर्वाधिक उच्च ब्याजदर

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबारदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन ।

यसै गरी कामना सेवा विकास बैंकले बिक्रम संवत २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा बैंककै कर्मचारीहरुद्धारा खिचीएका तस्विरहरु प्रयोग गरिएको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement