बैंक र व्यवसायीलाई बम्पर सहुलियत: कर्जाको ब्याज २ प्रतिशत घट्यो, सिआरआर ३ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । कोरोना प्रभावित बैंक तथा व्यवसायीलाई नेपाल राष्ट्र बैंकले बम्पर उपहार दिएको छ ।  राष्ट्र बैंकलकोरोना प्रभावित उद्योगी व्यवसायीको कर्जाको ब्याजदर २ प्रतिशतले घटाउन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गर्दै कोरोना प्रभावित व्यवसायमा प्रवाह गरिएको कर्जाको ब्याजदर २ प्रतिशतले घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो ।

तर, खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगलाई प्रवाह गरिएको कर्जाको ब्याजदर भने घटाउनुपर्ने छैन् ।

राष्ट्र बैंकले बैशाख महिनामा बुझाउनु पर्ने ऋणको सावाँ तथा ब्याजको किस्तार रकम असार मसान्तसम्ममा बुझाउन पाइने र सो वापत कुनै जरिवाना नलाग्ने व्यवस्था समेत गरिदिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुलाई राहत
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात(सिआरआर)लाई ४ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिदिएको छ । यसले बैंक तथा वित्तिय संस्थाहरुमा तरलता वृद्धि हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई पनि राहत प्याकेज दिएको छ । कर्मचारीको तलब भत्ताको न्युनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नुपर्ने व्यवस्था हटाईदिएको छ । यसले बैंक तथा वित्तिय संस्थाहरुको नाफामा सकारात्मक प्रभाव पार्नेछ ।

Advertisement

Advertisement

Advertisement