रौतहट जिल्लामै तत्काल पिसिआर परिक्षणको व्यवस्था गर्न माग

Advertisement

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले रौतहट जिल्लामै पिसिआर परिक्षण ल्याबको स्थापना गर्न माग गरेकी छिन् । मंगलबार रौतहटका थप २ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । खुला सिमाका कारण आवत जावत नरोकिएकाले र त्यसले संक्रमणको जोखिमलाई थप बढाएको भन्दै उनले परिक्षणको दायरालाई व्यापक बनाउनुपर्नेमा पनि जोड दिएकी छिन् । जिल्लाका पाँच वटा स्थानीय तहहरु संक्रमणको उच्च जोखिममा रहेको पनि सभापति खड्काले बताएकी छिन् ।

उनले संक्रमितहरुको सम्पर्कमा रहेका सम्भावित नागरिकहरुको तत्कालै पिसिआर परिक्षण गरिनु पर्नेमा पनि जोड दिएकी छिन् । सभापति खड्काले उच्च जोखिममा रहेका ईशनाथ, देवाही गोनाही, चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिका लगायतका स्थानीय तहहरुलाई उच्च सतर्कतासहित शिल गरिनु उपयुक्त हुने सुझाव पनि दिएकी छिन् । सभापति खड्काले प्रदेश र संघीय सरकारको समन्वयमा रौतहट जिल्लामा उच्च सतर्कतासहित कोरोना संक्रमण रोकथामको अभियान थाल्नुपर्ने पनि बताइन् ।

 

Advertisement

Advertisement

Advertisement